एक वर्षमा अनलाइन मार्फत साढे १६ अर्बको शेयर कारोबार

0
Shares

नेपाल स्टक एक्सचेन्ज(नेप्से) को अनलाइन कारोबार सुरु भएदेखिको एक वर्षको अवधिमा साढे १६ अर्ब रुपैयाँको कारोबार भएको छ । यो नेप्सेको एक वर्षको कुल कारोबार रकमको १५.६ प्रतिशत हो ।

नेप्सेले अनलाइन कारोबार प्रणाली सुरु गरेपछि बिहीबारसम्ममा १५ लाख २४ हजार १४ कारोबार बाट एक खर्ब ६ अर्ब ९ करोड ३४ लाख रुपैयाँ बरावरको ३७ करोड १२ लाख ५७ हजार कित्ता शेयर खरिद बिक्री भएको छ ।

२०७५ कात्तिक २० गते देखि सुरु भएको नेप्सेको अनलाइन कारोबार प्रणाली शुक्रबार एक वर्ष पुरा गरेको छ । सो अवधिमा शेयर बजार घट्दो क्रममा नै देखिएपनि एक दिन २ अर्ब रुपैयाँ भन्दा धेरैको शेयर कारोबार भएको छ । त्यसैगरी १२ दिन एक अर्ब रुपैयाँ बढीको शेयर कारोबार भएको छ । यो अवधिमा नेप्सेमा २४२ दिन शेयर कारोबार भएको छ । यो विचमा एक दिन साढे २९ हजार वटा कारोबार भएका छन भने २३ दिन १० हजार भन्दा धेरै पटक शेयर कारोबार भएको छ ।

यसबिचमा १६ हजार २३४ लगानीकर्ताले अनलाइन मार्फत शेयर कारोबार गरेको नेप्सेले जनाएको छ ।

२०७५ कात्तिक २० देखि ४ वटा क्लियरीङ बैंकलाइ नेप्से अनलाइन टे«डिङ सिस्टम(नट्स)को सुरुवात गरेको थियो । अहिले नेपाल क्लियरीङ हाउससंग जोडिएका ७५ भन्दा धेरै बैंक वित्तीय संस्था मार्फत शेयर कारोबारको रकम भुक्तानी गर्न सकिन्छ।

त्यसका साथै शेयर कारोबार गर्दा २५ प्रतिशत रकम अग्रिम दलाल कम्पनीलाइ भुक्तानी दिनु पर्ने कानुनी व्यवस्था अनुसार खरिद कर्ताले मात्र २५ प्रतिशत रकम अग्रिम भुक्तानी दिर्नु पर्ने कुरामा सत्यता नरहेको समेत नेप्सेले जनाएको छ ।