राष्ट्र बैंकले मंगलबार २ अर्ब १० करोडको सरकारी ऋणपत्र जारी गर्ने

0
Shares

सरकारले आन्तरिक ऋण उठाउनका लागि आगामी मंगलबार २ अर्ब १० करोड रुपैयाँ बरावरको सरकारी ऋणपत्र (ट्रेजरी विल्स) निष्कासन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले निष्कासन गर्ने उक्त ट्रेजरी बिलको डिस्काउन्ट रेट भने सोहि दिन आवेदनकर्तावाट निर्धारण हुनेछ ।

नेपाल राष्ट्र बैंकले सरकारलाई पूँजी आवश्यक भएपछि छोटो अवधिको सरकारी ऋणपत्र जारी गर्छ । केन्द्रिय बैंकले ९१ दिने र ३६४ दिने गरी २ प्रकृतिका ऋणपत्र जारी गर्न लागको हो । पहिलो ९१ दिनमा परिपक्क हुन्छ भने दोस्रो एक वर्षमा परिपक्क हुने केन्द्रिय बैंकले जनाएको छ ।

मंगलबार निष्कासन गर्ने ट्रेजरी विल्स मध्ये १० करोड रुपैयाँ बरावरको ९१ दिने र २ अर्ब रुपैयाँ बरावरको ३६४ दिनमा परिपक्क हुनेछ । मंगलबार निष्कासन हुने सबै ट्रेजरी पुरानो नविकरण गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

गत सोमबार निष्कासन गरेको ट्रेजरी विलमा अधिक माग भएपनि आगामी मंगलबार पनि निष्कासन गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ । वित्तीय प्रणालीमा अधिक तरलताको भएपछि ट्रेजरीमा अधिक आवेदन पर्ने गर्छ । त्यसका साथै डिकाउन्ट रेट पनि वढेको देखिन्छ ।

राष्ट्र बैंकले कात्तिक १८ गते पनि एक खर्ब ६६ करोड रुपैयाँ बरावरको ट्रेजरी विल्स निष्कासन गरेको थियो । त्यो मध्ये ९१ दिने ट्रेजरी बिल्स १० करोड रुपैयाँ बरावरको थियो । सो ९१ दिने ट्रेजरीका लागि मात्र ८८ अर्ब रुपैयाँ बरावरको आवेदन परेको थियो ।

त्यसैगरी ३६४ दिने एक अर्ब ५६ करोड रुपैयाँ बरावरको ट्रेजरीका लागि ८ अर्ब ११ करोड रुपैयाँ बरावरको आवेदन परेको थियो । गत सोमबार निष्कासन भएको ट्रेजरी विल्सको डिस्काउन्ट रेट भने ९१ दिनको औसत ३.७३९८ र ३६४ दिनको औसत दर ४.३९४२ प्रतिशत रहेको छ । वित्तीय प्रणालीमा तरलता धेरै नभएको हुनाले पनि व्याजरदर केहि बलीयो देखिएको हो ।