स्वदेशी लघुवित्तको मंसिर १६ गते साधारण सभा आह्वान, बोनसपछि २५ प्रतिशत हकप्रद प्रस्ताव

0
Shares

स्वदेशी लघुवित्त वित्तिय संस्थाले मंसिर १६ गते सोमबार पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ। लघुवित्तले होटल पाथिभराको सभाहल इटहरीमा बिहान ११ बजे सभा बोलाएको हो।

साधारण सभामा लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर सहित १५ प्रतिशत नगद लाभांश गरी कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी लघुवित्तले पूँजीवृद्धिका लागि २० प्रतिशत बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजी २७ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने भएको छ।

यस्तै मर्जर तथा एक्वीजिशनमा जान सञ्चालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लघुवित्तले पूँजी वृृद्धि गरी ३४ करोड ५० लाख रुपैयाँ कायम गर्ने र सोहि अनुसार लघुवित्तको प्रबन्धपत्र तथा नियमावलिमा संशोधन गर्ने भएको छ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले मंसिर ६ गतेदेखि शेयरधनी किताब बन्द गर्ने निण्र्नय गरेको छ । यसअनुसार मंसिर ५ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र लघुवित्तको ३५ प्रतिशत लाभांश र साधारण सभामा प्रतिनिधित्व गर्न पाउनेछन्।