छिमेक लघुवित्तको नाफा साढे ४२ प्रतिशतले बढ्दा अधिकांस सूचकमा सुधार

0
Shares

छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड २६ लाख खुद नाफा कमाएको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा साढे ४२ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको यसै अवधिमा छिमेकले १५ करोड ६१ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा सुधार आएपछि कम्पनीको नाफा बढेको हो ।

यस अवधिमा लघुवित्तले १६ अर्ब ५ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ४ अर्ब ५५ करोड बराबर सापट लिएको छ । जसबाट ४९ करोड ५३ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

लघुवित्तको चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ छ । जगेडाकोषमा १ अर्ब ८६ करोड २८ लाख रुपैयाँ छ । कम्पनीको चुक्ता पूँजी १८ प्रतिशतले बढ्दा जगेडामा ४० प्रतिशतको बढोत्तरी आएको छ । कम्पनीले गत आर्थिक बर्षको कमाईबाट २७ प्रतिशत बोनस र १७ प्रतिशत नगद वितरण गर्ने घोषणा गरिसकेको छ ।

कम्पनीको खराब कर्जा भने ०.१६ प्रतिशत बाट समान्य बढेर ०.३० प्रतिशत पुगेको छ । जसको प्रतिशेयर आम्दानी ७५ रुपैयाँ ४६ पैसा रहेको छिमेकको प्रतिसेयर नेटवर्थ २५७ रुपैयाँ ८६ पैसा छ ।