विजय लघुवित्तको नाफा १९१ प्रतिशतले बढ्यो, जगेडाकोष झनै बलियो

0
Shares

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अघिल्लो वर्षको तुलनामा १९१.७ प्रतिशतले खुद नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले पहिलो तीन महिनामा २ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधमिा संस्थाले ७७ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको संचालन मुनाफा तथा खुद ब्याज आम्दानीमा उच्च सुधार आउँदा नाफा समेत उच्चदरले बढेको हो । समीक्षा अवधिमा ६५ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २२ करोड कर्जा प्रवाह गरेको संस्थाले ६ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जसले बैंकहरुबाट २ अबै ४१ करोड सापट लिएको छ ।

चुक्ता पुँजी १९ करोड ४८ लाख रुपैयाँ रहेको संस्थाको जगेडाकोषमा १० करोड ८४ लाख रुपैयाँ छ । जसको जगेडाकोष समेत १२३.४२ प्रतिशतले बढेको हो ।

संस्थाको प्रतिशेयर आम्दानी ४६.२० रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५.६९ रुपैयाँ पुगेको छ ।