निर्धन उत्थान लघुवित्तको उत्साहप्रद प्रगति, जगेडाकोषमा २ अर्ब ३० करोड

0
Shares

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा निक्कै सन्तुलित र उत्साहप्रद वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तका अधिकांस सूचकमा गतबर्षको यसै अवधिको तुलनामा उल्लेखीय सुधार देखिएको छ ।

कम्पनीले पहिलो तीन महिनमा २१ करोड ६३ लाख ५५ खुद नाफा कमाएको छ । जुन समिक्षा अवधिको तुलानमा ४३.४८ प्रतिशतले धेरै हो । कम्पनीको खुद ब्याज आम्दानी, संचालन नाफा बढ्दा खुद नाफामा सुधार आएको छ ।

कम्पनीको नाफा बढ्दा कम्पनीको प्रतिशेयर आम्दानी समेत ११ रुपैयाँ ८१ पैसाले बढेर ७२ रुपैयाँ १२ पैसा (बार्षिक) कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १७ रुपैयाँ २२ पैसाले बढेर २९२ रुपैयाँ पुगेको छ ।

२० प्रतिशतले चुक्ता पूँजी बढाएर एक अर्ब २० करोड पुर्याएको कम्पनीको पूँजी बढेको अनुपातमा नाफा बढाउनु सबल पक्ष रहेको छ । त्यस्तै रिजर्भकोषमा समेत साढे ३१ प्रतिशतको बढोत्तरी आएको छ । उसको रिजर्भकोषमा २ अर्ब २९ करोड जम्मा भएको छ ।

११ अर्ब ६५ करोड निक्षेप संकलन गरेको कम्पनीले २० अर्ब १३ करोड कर्जा लगानी गरेको छ । जसले बैंकहरुबाट ७ अर्ब ५६ करोड सापट लिएको छ । जसबाट लघुवित्तले ४५ करोड ८८ लाख खुद ब्याज आम्दानी गरेको छ ।

कम्पनीको खराब कर्जा सामान्य बढेको छ भने कोषको लागत घटेको छ ।