ग्लोबल आइएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको ३५ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज (कार्तिक २४ गते) अन्तिम दिन हो।

कम्पनीले प्रस्तावित लाभांश अनुमोदनको लागि मंसिर ७ गते ७ औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनको लागि कार्तिक २५ गते बुक क्लोज हुने भएकाले कार्तिक २४ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

साधारण सभाले अनुमोदन गरेपश्चात कम्पनीले ३ करोड ८६ लाख ६० हजार १२५ रुपैयाँ बराबरको बोनस शेयर र २० लाख ३४ हजार ७४३ रुपैयाँ नगद (कर तिर्न) वितरण गर्नेछ ।

कम्पनीले गत आवको मुनाफाबाट ३५ प्रतिशत बोनस शेयर र करको लागि १.८४ प्रतिशत नगद लाभांश प्रस्ताव पेश गर्नेछ । हाल यस लघुवित्तको चुक्ता पूँजी १८ करोड ७८ लाख ६३ हजार रुपैयाँ छ । लघुवित्तले यसअघि बिक्री गरेको हकप्रदालाई समेत लाभांश दिने हुँदा शेयरधनीले १७.५ प्रतिशत बोनस पाउँनेछन् ।

त्यस्तै एक बराबर अनुपात हकप्रद शेयर जारि गर्ने प्रस्ताव पनि साधारण सभामा पेश गर्नेछ ।