शेयर कारोबारमा सुधारको संकेत देखिएपनि सूचकमा भएन सुधार

0
Shares

शेयर कारोबारमा पछिल्लो केहि दिनहरुमा सुधार आएपनि बजारले भने गति लिन सकेको छैन् । लाभांश घोषणा र वितरणको क्रम जारी रहँदै गर्दा बजारले सकारात्मक समात्न नसक्दा लगानीकर्ताहरु चरम निराशमा रहेका छन् ।

सूचकीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्ने, साधारण सभा बोलाउने र पारित लाभांश वितरण गर्ने क्रम चलिरहदा पनि शेयर बजारमा बढ्ने कुनै संकेत देखिएको छैन् । तर, पन पछिल्लो केहि दिनमा भने कारोबार सन्तोषजन नै हुँदै आएको छ ।

बजार निरन्तर ओरालो झर्ने आइतबार नेप्से सूचक ०.१८ अंकले घटेर ११३१.८० विन्दुमा झरको छ । यसदिन १६३ कम्पनीको १० लाख ८ हजार कित्ता शेयर २९ करोड ३१ लाख रुपैयाँ बराबरमा किनबेच भयो । सबैभन्दा धेरै एनएमबी बैंकको ५ करोड ७४ लाख रुपैयाँको खरिद बिक्री भयो।

कारोबारमा आएका उपसूचकहरु मिश्रीत देखिएका छन्। फाइनान्स, निर्जीवन बीमा कम्पनी, उत्पादन तथा प्रसोधन, अन्य र माइक्रोफाइनान्सको बढेको छ भने बाँकी सूचक घटेका छन्। एघार समूहको खरिदबिक्री भएकामा ५ समूह बढेका छन् भने ६ समूह ओरालो लागेको छ ।

सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्य ४.४६ प्रतिशतले बढेको छ । रैराङ हाइड्रोपावरका शेयर मूल्य सबैभन्दा धेरै ४.८० प्रतिशतले घटेको छ ।