कालिका लघुवित्तको ८० हजार कित्ता बोनस शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार कालिका लघुवित्तको शेयर सूचीकृत भएको छ । कम्पनीको ८० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । सोहि शेयर नेप्सेमा कारोबारका लागि सूचीकृत भएको हो ।

कालिका लघुवित्तले जनसेवी लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेको छ । मर्जर प्रस्ताव पारित गर्न संस्थाले कात्तिक २५ गतेका लागि विशेष साधारण सभा आह्वान गरेको छ ।

मर्जर सम्झौता पछि गत जेठ पहिलो सातादेखि लघुवित्तको शेयर कारोबार स्थगित भएको छ ।