प्राइम बैंकको तीन महिनाको नाफा झण्डै ६६ करोड, निक्षेप भन्दा कर्जा धेरै

0
Shares

प्राइम बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासको गत आर्थिक बर्षको यसै अवधिको भन्दा १३.३८ प्रतिशतले नाफा बढाएको छ। बैंकले यस अवधिमा ६५ करोड ९७ लाख नाफा गरेको छ ।

गत बर्षको यसै अवधिमा बैंकले ५८ करोड १९ लाख नाफा कमाएको थियो । बैंकको तीन महिना अवधिको वितरणयोग्य मुनाफा २२ करोड ८८ लाख छ ।

बैंकले ७८ अर्ब५९ करोड रुपैयाँ निक्षेप संकलन गरि ७९ अर्ब १३ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको निक्षेप २.०२ प्रतिशत तथा कर्जा ९.१३ प्रतिशतले बढेको छ । जसबाट एक अबए बढी रकम खुद ब्याज आम्दानी आर्जन गरेको छ। खुद ब्याज आम्दानी करिब ९.३० प्रतिशत धरै हो ।

बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड रुपैयाँ छ भने विभिन्न कोषमा गरेर जगेडा कोषमा ५ अर्ब भन्दा धेरै रकम जम्मा भएको छ।

बैंकको प्रति शेयर आम्दानी २७ रुपैयाँ २४ पैसा छ । खराव कर्जा केहि प्रतिशत विन्दुले घटेर १.१४ प्रतिशतमा झरेको छ। बैंककोे मूल्य आम्दानी अनुपात ९.६२ गुणा, प्रतिशेयर नेटवर्थ एक सय ५३ रुपैयाँ ०८ पैसा, , आधार ब्याजदर ९.६७ प्रतिशत, कोषको लागत ७.६७ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १२.७५ प्रतिशत र सीसीडि ७७.८६ प्रतिशत रहेको छ ।

बैंकले कैलाश विकास बैंकलाइै एक्वायर गर्ने क्रममा रहेको छ ।