चिलिमे र गुरासँ लघुवित्तको लाभांश सुरक्षित गर्न आजै शेयरधनी कायम हुनुपर्ने

0
Shares

चिलिमे हाइड्रोपावर कम्पनी र गुराँस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश पाउन आजै शेयरधनी कायम हुनुपर्नेछ । दुवै कम्पनीले लाभाश पारित गर्ने साधारण सभा प्रयोजनका लागि कार्तिक २७ गते बुधबारदेखि शेयरधनी पुस्तिका बन्द गर्देछन् ।

चिलिमे हाइड्रोपावर कम्पनी

चिलिमेको कार्तिक १८ गते बसेको सञ्चालक समिति बैंठकले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

चार अर्ब ७५ करोड ८१ लाख ३५ हजार चुक्ता पूँजी रहेको चिलिमेले ९५ करोड १६ लाख २७ हजार १५६ रुपैयाँ बराबरको बोनस तथा २३ करोड ७९ लाख ६ हजार ७८९ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

कम्पनीले प्रस्तावित लाभांश पारित गराउन आगामी मंसिर ११ गते २३ औं साधारण सभा आह्वान गरेको छ । साधारण सभा प्रयोजनका लागि कार्तिक २७ गतेदेखि शेयर धनी दर्ता किताब बन्द गर्ने भएकाले कार्तिक २६ गते मंगलबारसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

गुराँस लघुवित्त

यस्तै गुराँस लघुवित्तले लाभांस लगायतका विभिन्न प्रस्ताव पारित गर्न मंसिर १४ गते शनिबार धनकुटा बजारमा चौंथो वार्षिक साधारण सभा बोलाएको हो । साधारण सभा प्रयोजनका लागि लघुवित्तले कार्तिक २७ गतेदेखि मंसिर १४ गतेसम्म बुकक्लोज गर्दैछ । कार्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्र लघुवित्तको लाभांश पाउने छन ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी ७ करोड ७५ लाख रुपैयाँको ७.६११ प्रतिशतले बोनस शेयर र कर प्रयोजनका लागि ०.४० प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव लैजादैछ ।