करका दर वृद्धीले व्यवसायमा अस्थिरता ल्याउने, महङ्गी बढ्ने : चेम्वर

0
Shares

सरकारले आर्थिक ऐन लागु गरेको ४ महिना पुरा नहुदै करका दरमा परिवर्तन गरेको विषयमा चेम्बर अफ कमर्सले ध्यनाकर्षण गराएको छ । सरकारले आर्थिक ऐन २०७६ लाई संशोधन गरेर करका दर परिवर्तन गरेकाले मूल्य वृद्धि वढ्न सक्ने चेम्बरले जनाएको छ ।

आर्थिक ऐन २०७६ लागू भएको चार महिना व्यतित नहुंदै करका दरमा परिवर्तन गर्नुले व्यवसायमा स्थिरता नहुने चेम्बरले भनाई छ ।

उद्योगी व्यवसायीहरुले आर्थिक ऐन लागू भए पछि एक वर्षको लागि व्यवसायीक योजना बनाई तदनुरुप आफ्नो व्यवसाय संचालन गर्ने र सोही अनुरुप अग्रीम रुपमा कारोवार गर्ने भएकाले समस्या हुने चेम्बरको दावी छ ।

राजपत्र अनुसार कुखुरा पालन व्यवसायको लागि आवश्यक पर्ने फुलहरु तथा एक्रेलिक इमल्सनमा दिइएको छुट सकारात्मक भएता पनि व्यापारिक प्रयोजनका लागि पैठारी हुने सुन तथा चाँदीमा प्रति १० ग्राममा लाग्ने महशुल दरमा वृद्धि र बिदेशबाट फर्केका यात्रुहरुले आफ्नो साथमा ल्याएको सुन तथा सुनका गहनामा भएको महशुल दरमा भएको वृद्धि तथा कपालमा प्रयोग हुने कस्मेटिक्स ,फलाम वा इस्पातको सरसफाइ सम्वन्धी सामान तथा कफीमा लगाइएको अन्तशुल्क वृद्धिले एकातर्फ अनाधिकृत व्यापार वृद्धि हुने सम्भावना प्रवल रहने चेम्बरले जनाएको छ ।