साना किसान लघुवित्तको प्रतिशेयर आम्दानीमा ह्रास, पूँजी वृद्धिको अनुपातमा बढेन नाफा

0
Shares

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक बर्षको यसै अवधिकोे तुलनामा १२.५१ प्रतिशतले बढी हो ।

गत वर्षको यही अवधिमा संस्थाले १२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा संस्थाले १९ करोड ५७ लाख संचालन नाफा गरेको छ।

समीक्षा अवधिमा १९ अर्ब ३४ करोड सापटी लिई १९ अर्ब ४९ करोड कर्जा प्रवाह गरेको संस्थाले यस अवधिमा २३ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

संस्थाको चुक्ता पूँजी ७८ करोड ६० लाख रुपैयाँ छ । जगेडाको आकार २२.२१ प्रतिशतले बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

चुक्ता पूँजी वृद्धि भए अनुसार खुद नाफा बढ्न नसक्दा संस्थाको प्रतिशेयर आम्दानी खस्किएको छ । प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७६ पैसाले घटेर ७० रुपैयाँ १२ पैसामा झरेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ ३३१ रुपैयाँ ०९ पैसा रहेको छ ।