एक्सेल डेभलपमेन्ट बैंकको नाफा ३५ प्रतिशतले बढ्यो

0
Shares

एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ८८ लाख खुद नाफा कमाएको छ । यो गत आर्थिक बर्षको यसै अवधिको तुलनामा करिब ३५ प्रतिशत बढी हो ।

गत वर्षको यसैअवधिमा बैंकले ३ करोड ६१ लाख खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेपछि खुद नाफा बढेको हो ।

साथै बैंकले निक्षेप संकलन तथा कर्जा विस्तारमा पनि सुधार गरेको छ । असोज मसान्तसम्म बैंकले ७ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट ११ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

बैंकको खुद नाफा बढेसँगै प्रतिशेयर आम्दानी ७ रुपैयाँ ४१ पैसाले बढेर २८ रुपैयाँ २९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ६२ पैसा रहेको छ। मूल्य आम्दानी अनुपात १०.१५ प्रतिशत छ। बैंकको खराब कर्जा तथा लागत समेत घटेको छ । यस अवधिमा खराब कर्जा ०.५६ प्रतिशत र कोषको लागत ७.३४ प्रतिशत छ ।

६९ करोड २६ लाख चुक्ता पूँजी रहेको बैंकको जगेडाकोषमा २० करोड ९७ लाख रुपैयाँ छ ।