दश प्रतिशतले बढ्दा पाँचथर पावरको शेयर मूल्य आईपीको भाउमा

0
Shares

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा उच्च नाफा बढेको विवरण सार्वजनिक गरेको पाँचथर पावरको शेयर मूल्य दश प्रतिशतले उकालो लाग्दा बल्ल आईपीओको भाउमा पुगेको छ ।

कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ७ करोड ४६ लाख नाफा कमाएको विवरण सार्वजनिक गरको छ । जबकि कम्पनी गत असारमसान्तमा १२ करोड नोक्सानमा रहेको थियो ।

कम्पनीको नाफा उच्चदरले बढेको विवरण सार्वजनिक भएपछि बिहीबारको शेयर बजारमा पोजेटिभ सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य ९.६८ प्रतिशतले बढेको प्रतिकित्ता १०२ रुपैयाँ पुगेको छ । बजार खुल्दा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९३ रुपैयाँ थियो । मार्केट डेप्थमा कम्पनीको शेयर खरिद गर्नेहरुको लामलाग्दा शेयर बेच्नहरु भने देखिदैनन् ।

यस्तै पछिल्लो समय लगातार बढीरहेको साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमुल्य पनि बिहीबार दश प्रतिशतले बढेको छ । विहीबार कम्पनीको शेयरमूल्य ८५ रुपैयाँले बढेर प्रतिकित्ता ९४३ रुपैयाँ पुगेको छ । यो कम्पनीको पनि ५५ हजार बढी कित्ता शेयर खरिदको माग गर्दा बिक्री गर्ने देखिदैनन् ।

विहीबारको बजार भने सकारात्मक नै देखिएको छ । बजार उकालो नलागेपनि अघिल्लो दिनको विन्दु भन्दा तल झरेको छैन् ।