महालक्ष्मी विकास बैंकको लाभांश पारित, शेयर संरचना परिमार्जन

0
Shares

महालक्ष्मी विकास बैंकको अठारौ बार्षिक साधारण सभाले गत आर्थिक बर्षको प्रस्तावित लाभांश पारित गर्नुका साथै शेयर संरचना परिमार्जन गरेको छ ।

बैंकको साधारण सभाले गत आर्थिक बर्षको संचित नाफाबाट बोनस तथा कर सहित १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको आठ प्रतिशत बोनस र उक्त बोनसमा लाग्ने कर समेत गरी ९.८९ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

साथै बैंकले संचालक समितिको प्रस्ताव बमोजिम बैंकको शेयर स्वामित्व परिवर्तनगरी संस्थापक समूहको ५२.४९ प्रतिशत तथा सर्वसाधारण समूहको ४७.५१ प्रतिशत कायम गरेको छ ।

हाल बैंकमा संस्थापकको ५३.९८ प्रतिशत तथा सर्वसाधारणको ४६.२ प्रतिशत शेयर कायम रहेको छ ।

यसैगरी बैंकले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि संचालन समितिलाई अख्तियारी प्रदान गरेको छ ।

बैंकले साधारण सभा प्रयोजनका लािग कार्तिक २० गते शेयरधनी दर्ता किताब बन्द गरेको थियो । जस अनुसार कार्तिक १९ गतेसम्म कायम शेयरधनीले पारित लाभांश पाउनेछन् ।