प्रभु बैंकको एक अर्बको डिबेञ्चर बाँडफाँड, बिक्री अवधि पुरा नहुँदै सबै बिक्यो

0
Shares

प्रभु बैंक लिमिटेडले जारी गरेको ‘१०.२५ प्रतिशत प्रभु बैंक डिबेञ्चर–२०८६’ एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड भएको छ ।

बैंकले एक हजार रुपैयाँ अंकित दरको १० वर्षको भुक्तानी अवधिको ऋणपत्र शुक्रबार बाँडफाँड गरेको हो।

उक्त ऋणपत्र यही कात्तिक २१ देखि सार्वजनिक निष्काशन गरिएको थियो। न्यूनतम २५ कित्ता र अधिकतम ४ लाख कित्तासम्मको लागि आवेदन माग गरिएको थियो।

ऋणपत्रलाई आईसीआरए–नेपालले न्यून कर्जा जोखिमको ‘आईसीआरए–नेपाल एलएलबीबीबीर्’ यांकिङ प्रदान गरेको थियो।

प्रभु बैंकले ४० करोड रुपैयाँबराबरको ४० लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट तथा ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट संस्थागत र व्यक्तिहरुलाई बिक्रीका लागि छिटोमा २५ र ढिलोमो मंसिर २० मा बन्द हुने गरी २१ गते निष्काशन गरेको थियो।

उक्त ऋणपत्र बिक्री अवधि समाप्त हुनु अगावै सार्वजनिक निष्काशन गरिए बराबरको खरिद भएको छ।