टेलिकमको व्यापार खस्किएपछि नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

0
Shares

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नेपाल टेलिकमको नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक बर्षको यसै अवधिमा भन्दा २१ करोडले नाफा घटेको विवरण सार्वजनिक गरेको हो ।

कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासम्मा कुल ३ अर्ब २४ करोड ६७ लाख खुद नफा कमाएको छ । गत आर्थिक बर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ४५ करोड ७५ लाख खुद नाफा कमाएको थियो ।

कम्पनीको सेवा बिक्री बापतको मुख्य आम्दानी नै यस अवधिमा ४५ करोडले कमी आएको छ । कम्पनीले पहिलो त्रैमासमा सेवाग्राहीबाट ९ अर्ब ४ करोड संकलन गरेको छ । जबकि गत आर्थिक बर्षको यसै अवधिमा ९ अर्ब ४९ करोड संकलन गरेको थियो । अन्य शिर्षकको आम्दानी भने २१ करोडले बढेको छ ।

यस्तै कम्पनीले प्रशासनिक र कमर्चारीको सेवा सुबिधाको खर्चे समेत बढेको छ । कम्पनीले लगानी भने केही बढाएको छ ।

कम्पनीको मूल्य आम्दानी अनुपात ७.१६ गुणा छ भने नेटवर्थ ६९६.४३ रहेको छ । कम्पनीको ईपीएस ८६.५८ रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको यसै अवधिमा ईपीएस ९२ रुपैयाँ २० पैसा थियो । यस्तो आम्दानी ५.६२ रुपैयाँले घटेको हो ।

चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८९ अर्ब ४६ करोड जम्मा भएको छ ।कम्पनीको प्रतिशेयर आम्दानी तथा जगेडाकोषमा समेत गिरावट आएको छ ।