४० पटक नेपाल आएका जापानका इसोइका नेपाल भ्रमण वर्षको दूत नियुक्त

0
Shares

नेपाल भ्रमण वर्ष २०२० मा जापानका लागीे नेपालमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका गिनिज बुक अफ दी वल्र्ड रेकर्डमा नाम लेखाइसकेका हिरोमी इसोइकालाई सद्भावना दूत नियूक्त गरेको छ ।

काठमाडौंमा एक कार्यक्रमको आयोजनागरी भ्रमण वर्षका संयोजक सुरज वैद्यले सद्भावना दूतको प्रमाण–पत्र हस्तान्तरण गरेका छन् ।

सन् २००१ जनवरी १ तारिककै दिन विश्वकै सवैभन्दा ठूलो ड्रम बनाएर गिनिज बुक अफ दी वल्र्ड रेकर्ड बनाउन सफल इसोइकाले सन् २००३ देखि नेपालमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।

पेशाले निर्माण व्यावसायी इसोइकाले २७ वर्षमा ४० पटक नेपाल आइसकेका छन् ।पशुपतिनाथ क्षेत्रमा वायो शौचालय बनाएर विश्वभरीनै चर्चामा आएका उनी केही वर्ष अघि छोरी र श्रीमतिकासाथ नेपाल आउदा महिलाहरुलाई शौचालय गर्न कठिनाइ भएको देखेपछि उक्त काम गरेको भन्दै निकट भविश्यमा नेपालका विभिन्न भागमा सौचालय निर्माण गर्ने जनाए ।

नेपाल–जापान सम्बन्धको ५० वर्षगाठ पुगेको अवसरमा काठमाडौं, टुडीखेलमा जापानमा झै विश्वकै ठूलो ड्रम बनाएर प्रदर्शनी गरेका इसोइका नेपाल–जापान मैन्त्री समाजका जापान पक्षको अध्यक्ष समेत छन् । ‘नेपाल आउँदा आफ्नो पुराना घर आएको महसुस हुने इसोइका नेपालले घोषणा गरेको भ्रमण वर्ष सफल पार्न लाग्ने वताए । नेपालमा पर्यटनको संभावना धेरै छ । हिमाल बाहेकका अन्य क्षेत्रमा पनि पर्यटनलाई आकर्षण गर्न सक्नुपर्ने कार्यक्रममा उनको सुझाव थियो ।

नेपाल पर्यटन वर्षका संयोजक सुरज वैद्यले नेपाल पर्यटन वर्ष मनाउनुका कारणहरु स्पष्ट पार्दै जापानका युवा वर्गलाई नेपाल भ्रमणमा आकर्षण गर्नमा इसोइकाको ठूलो भूमिका हुने धारणा राखेका थिए ।