मुक्तिनाथ विकास बैंकको चार लाख कित्ता शेयर लिलामीमा

0
Shares

मुक्तिनाथ विकास बैंकले यहि मंसिर ८ गतेदेखि चार लाख कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको १ लाख २ हजार ५१६ कित्ता तथा सर्वसाधारण समूहको ३ लाख ७०४ कित्ता गरी कुल ४ लाख ३ हजार २२० कित्ता शेयर बिक्री गर्ने भएको हो ।

बैंकले गत भदौ १२ गतेदेखि निष्काशन गरेको हकप्रदमा नबिकेको शेयर लिलामी गर्न लागेको हो ।

बैंकले चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो ।

बैंकको लिलामीको शेयरमा मंसिर ८ गते देखि १५ गतेसम्म आवेदन गर्न पाइने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । लगानीकर्ताले न्युनतम एक सय सय रुपैयाँ कबुलेर न्युनतम एक सय कित्ता शेयरका लागि आवेदन गर्न पाउनेछन् ।अधिकतम हद भने नतोकिएको बिक्री प्रबन्धले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकले गतबर्षको कमाईबाट १७.६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लिलामीको शेयर हात पार्नेले पनि प्रस्तावित लाभाश पाउनेछन् ।