जनता बैंकको एक सय बराबर ग्लोबल आइएमई बैंकको ८५ कित्ता शेयर

0
Shares

जनता बैंकको सय कित्ता बराबर ग्लोबल आईएमई बैंकको ८५ कित्ता शेयर कायम हुनेगरी जनता र ग्लोबल बैंक एक आपसमा मर्ज हुने भएका छन् । सोमबार सम्पन्न जनता बैंकको दशौं वार्षिक साधारणसभाले शेयर स्वाप रेशियो पारित गरेको छ ।

सभाले जनता बैक नेपालको १०० कित्ता शेयरलाई ग्लोबल आईएमइ बैक लिमिटेडको ८५ कित्ता (१ः०.८५) शेयर आदान प्रदान अनुपात कायम हुने गरी मर्जर प्रक्रिया अगाडि बढाउन संचालक समितिलाई अख्तियारी दिएको छ ।

साधारणसभा बाट मर्जर प्रस्ताव पारित भएसँगै दुई बैक अन्तिम स्वीकृतिका लागि राष्ट्र बैक जानेछन् । मर्जर पछि बन्ने बैंकले ग्लोबल आईएमइ बैकको नामबाट कारोबार थाल्नेछ ।

मर्जरपश्चात बन्ने बैंकको चुक्ता पूँजी करिव १९ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब, ९४ अर्ब पुग्नेछ ।

यता, ग्लोबल आइएमईले बैंकको साधारण सभाले पनि मर्जर प्रस्तावका साथै गत आर्थिक वर्षको नाफाबाट १२.७५ प्रतिशत नगद लाभांस र १२.७५ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।