पहिलो त्रैमासको विवरणले सेयर बजारमा उत्साह थपेन


निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक मंगलबार पनि समान्य अंकले घटेको छ । सुचिकृत कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सेयर बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्ष गरेको भएपनि त्यसो हुन सकेन ।
सुचिकृत बाणिज्य बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हालसम्मकै न्यून दरमा वढेपछि सेयर लगानीकर्ता निरास भएका हुन । गत आर्थिक वषृका नाफावाट सेयर धनीलाइ लाभासं दिने क्रम जारी रहेपनि त्यसले समेत सेयर बजारमा उत्साह थप्न सकेको छैन । मंगलबार विगतका दिनको तुलनामा कारोबार रकम समेत घटेको छ । लाभांशको माहोल चलिरहँदा सेयर बजारमा अपेक्षा अनुसार उत्साह देखिएको छैन ।
अर्थमन्त्रलाइ दोष दिएका लगानीकर्ताले मन्त्रीमन्डल पुनर्गठनलाई लिएर पनि बजारमा चलखेल गरेका छन । मन्त्रीमण्डल परिवतैन भएपनि अर्थमन्त्री बदलीने सम्भावना न्यून रहेपछि केही लगानीकर्ता भने झनै निरास देखिएका छन ।
पछिल्लो समयमा बैंकहरुमा कर्जा लगानी योग्य रकम अभाव वढ्दै गएको छ । अतत्काल बै.कहरुले निक्षेपका लागि ब्याजदर वढाउने अवस्था पनि छैन । किन भने बैंकहरुले निक्षेपमा दिने ब्याजदमार भदश् सहमती गरेर बसेका छन । यसले बैंकिङ प्रणालीवाट कर्जा प्रबाह हुने सम्भावना अझै न्यून गरेको छ ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) १ं१४ अंकले घटेर ११२९.९९ मा झरेको छ । नेप्से परिसूचक घटेको भएपनि ‘क’ वर्गका कम्पनीको सेन्सेटीभ इण्डेक्स भने मसान्य अंकले वढेको छ । मंगलबार १६३ कम्पनीको १० लाख १६ हजार ४० कित्ता सेयर २५ करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
मंगलबार नेप्सेमा कारोबार भएका कुल १२ वटा समूहको सेयर खरिदबिक्री भएकामा ६ वटा बढेका छन भने ६ समूह घटेका छन । वाणिज्य बैंक समूहमा १.६२ अंकको गिरावट आएको छ ।
सोल्टी, तारागाउँ लगायतका कम्पनीको भाउ बढ्दा होटेल समूह सबैभन्दा बढी ४९.११ अंकले बढेको छ । मंगलबार घोडीघोडा लघुवित्तको सेयर मूल्यमा बढेर सर्किट लागेको छ । सबैभन्दा धेरै सिन्धु विकास बैंकको सेयर ७.९३५ प्रतिशतले घटेको छ ।