नेपालमा लगानी गर्न अष्ट्रेलियाका निजी क्षेत्र उत्सुकः राजदूत पिटर वड


नेपालका लागि अष्ट्रेलियका राजदूत पिटर ग्रेमी वडले साना लगानीकर्तालाई समेत सहज वातावरण हुने कानूनी प्रावधान भएमा कृषि, जलश्रोत, पर्यटन आदि क्षेत्रमा अष्ट्रेलियाको उल्लेख्य लगानी आउने संभावना रहेको बताएका छन । राजदूत वडले आफ्नो कार्यकालमा सकेसम्म नेपाल अष्ट्रेलिया बीच सिधा हवाई सेवा शुरु गर्न पहल गर्ने बताएका हुन ।

नेपाल चेम्बर अफ कमर्सको भेटघाट कार्यक्रममा उनले सिधा हवाइसेवाका लागि व्यवशायीक निर्णय हुनुपर्ने र हवाई सम्झौता भैसकेको परिप्रेक्षमा सो प्रक्रिया आवहन गर्न कठीन नहुने बताएका हुन । उनले अष्ट्रेलियाले नेपालको सामुदायिक वनमा गरेको सहयोग अन्य मुलुकको लागि पनि अनुकरणीय भएको बताउँदै नेपालमा लगानी तथा व्यापारको लागि कानूनी र असल व्यवसाय मैत्री वातावरण भएमा अष्ट्रेलियाको लगानी उल्लेख्य रुपमा आउन सक्ने तर्क गरे ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले लगानी सम्मेलन पछि र एकद्धार प्रणाली लागू भए पछि लगानीको संभावना बढेको बताए । उनले अष्ट्रेलियाको मुख्य शहरहरु ब्रिसवेन, मेलवर्न, सिड्नी, क्यानेवरा, पर्थ लगायतका आकर्षक र नियमित पर्यटन, व्यापार, लगानी प्रबद्र्धन गर्न रोड शो गर्नुपर्ने, व्यापार ÷मेला प्रदर्शनीमा सहभागिताको अवसर प्राप्त हुनुपर्ने बताएका थिए । नेपालले अल्प विकसित मुलुकमै अष्ट्रेलियाले प्रदान गरेको करमुक्त प्रवेशको सुविधाको अधिकतम प्रयोग गर्न नसकिरहेको कटु यथार्थ प्रस्तुत गर्दै नेपाली समुदाय पनि अष्ट्रेलियामा ठूलो संख्यामा रहेको हुँदा तिनीहरुलार्य समेतत लक्षित गरी निकासी प्रबद्र्धन र आयत व्यवस्थापन हुनुपर्ने जोड श्रेष्ठको थियो ।