नेपाल एसबिआई बैंकले डाक्यो साधारण सभा, लाभांश पाउन कहिसम्म बन्नुपर्छ शेयरधनी ?

0
Shares

नेपाल एसबिआई बैंकले मंसिर २९ गते आइतबार बैंकको छब्बीसौं वार्षिक साधारण सभा बोलाएको छ। बैंकले बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाण्डौंमा साधारण सभा आह्वान गरेको हो।

साधारण सभामा ६ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १०.८४ प्रतिशत नगद गरि कूल १६।८४ प्रतिशत लाभांश अनुमोदन, उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति गर्न आवश्यक सबै कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने मुख्य एजेण्डा रहेको छ।

बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि मंसिर १३ गतेदेखि बुकक्लोज तोकेको छ । यसअनुसार बैंकको लाभांश पाउन मंसिर १२ गतेसम्म कायम शेयरधनी कायम भैसकेको हुनुपर्छ।