अर्थमन्त्री फेरिन सक्ने हल्ला वढेको बजार धेरै समय टिकेन

0
Shares

प्रधानमन्त्री केपी सर्मा ओलीले मन्त्री परिषदको पुनर्गठन गर्ने तयारी गरीरहदा सेयरबजारमा पनि त्यसको प्रभाव देखियो । अर्थमन्त्री डा. यूवराज खतिवडा परिवर्तन हुन सक्ने हल्लाले वढेको बजार धेरै समय टिक्न सकेन ।

सेयर लगानीकर्ताले अथमन्त्री परिवर्तन हसने हल्ला सेयर बजारमा चलाउदा ९ अंकसम्मले वढेको बजार केही समयपछि पुन घट्दो क्रममा देखिएको हो । मन्त्री परिषदमा को थपिदैछ वा को बाहिरीदै छ भन्ने एकिन नभैसकेको हुनाले हल्लाले धेरै समयमा बजारलाइ प्रभावीत बनाउन सकेन ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक निरन्तर घट्दो गतीमा देखिएको छ । मंगलबार एक अंक भन्दा धेरैले नकारात्मक भएको नेप्से बुधबार पनि सोही गतीमा देखिएको हो । तर, मंगलबारको तुलनामा बुधबार कारोबार रकममा भने सुधार आएको छ ।
बुधबार नेप्से परिसूचक १.६५ अंकले घटेर ११२८.३४ विन्दुमा झरेको छ । बुधबार नेप्सेमा १६५ कम्पनीको १० लाख ९७ हजार ९२० कित्ता सेयर ३० करोड ३७ लाख रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा धेरै हो ।

बुधबार नेप्सेमा कारोबार भएका समुहगत परिसूचक मध्ये बैंकिङ र ब्यापार समुह मात्र वढेका छन । लामो समयमा मर्जरका कारण कारोबार रोकिएको एनएमबी बैंकको कारोबार बुधबार पनि उच्च भएको छ । बैंकको ३ करोड ५४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बुधबार धेरै कमाउने सेयरमा साल्ट ट्रेडिङ रहेको छ । ट्रेडिङको बुधबार पनि सर्किट ब्रेकर लागेको हो । घोडीघोडा लघुवित्तको पनि सर्किट ब्रेकर लाग्ने गरी नै मूल्य बढेको छ । सबैभन्दा बढी गुमाउनेमा रिडी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ता रहेका छन ।