बैंकहरुले ऋण विस्तार गर्न थाले, एक सातामा ८ अर्ब निक्षेप ९ अर्ब कर्जा

0
Shares

बैंकहरु कात्तिक महिनाको सुरुवादेखि कर्जा विस्तारलाइ नियन्त्रण गरेको भएपनि मंसिर महिना सुरु भएपनि पुन ऋण विस्तार गर्न थालेका छन । बैैैंकहरुमा निक्षेप थपिन थालेपछि कर्जा पनि वढाउन थालेका हुन ।

कात्तिक महिनाको अन्तिाम सातामा मात्र बैंकिङ प्रणालीमा ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । सो अवधमिा बैंकहरुले ९ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन । तर, असोज महिनाको अन्तिम साताको तुलनामा भने बैंकहरुले एक अर्ब निक्षेप वढाएका छन भने ११ अर्ब रुपैयाँले कर्जा विस्तार गरेका हुन ।

बैंकहरुले चालु आर्थिक वर्षमा निक्षेप भन्दा धेरै कर्जा प्रबाह गरेका छन । त्यसको लागि गत आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च वढेपछि आएको निक्षेपका कारण लगानी वढाएका हुन । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मा बैंकहरुले ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १२८ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुले ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १३५ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका थिए ।

पहिलो त्रैमासमा बैंकहरुले निक्षेप संकलन भन्दा धेरै कर्जा प्रबाह गरेका छन । तर, दोस्रो त्रैमास सुरु भएलगत्तै बैंकहरुको कर्जा प्रबाह ठप्प भएपनि दोस्रो त्रैमासको दोस्रो महिनादेखि भने बैंकहरुले पुन कर्जा वढाउने तर्फ देखिएका छन ।

बैंकहरुको निक्षेपको प्रमूख स्रोत भनेको सरकारी खर्च भएकाले पनि एउटै समस्या बारम्बार देखिने गरेको छ । निक्षेपका अन्य स्रोतहरुको व्यवस्थापन र आयात घटाएर निर्यात वढाउन सकेको खण्डमा यो समस्या रोकिन्छ । बैंकिङ प्रणालीमा निक्षेप अभाव देखिए पनि तत्काल ब्याजदर वढ्ने अवस्था भने छैन । ब्याजदरमा भने बैंकरहरुले भद्र सहमती गरेको हुनाले पनि तत्काल वढशने देखिदैन ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २३ अर्ब निक्षेप झिकिएको बैंकिङ प्रणालीवाट ९ अर्ब रुपैयाँ कर्जा प्रबाह भएको थियो । त्यसैगरी भदौ महिनामा बैंकहरुले १० रुपैयाँ निक्षेप संकलन गरेर ४४ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम महिना असोजमा बैंकहरुले ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ७५ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन । त्यसैगरी चालु आवको कात्तिक महिनामा एक अर्ब निक्षेप थपिएर ११ अर्ब कर्जा विस्तार भएको छ । यो तथ्याङकले पनि बैंकहरुले निक्षेपका लागि भन्दा पनि कर्जामा धेरै जोड गरेको स्पष्ट हुन्छ ।

चालु आर्थिक वर्षको कार्तिक २९ गते सम्ममा वाणिज्य बैंकहरुमा कुल निक्षेप २९ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकहरुले कुल २६ खर्ब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन । असोज ३० गतेसम्म बैंकिङ प्रणालीको कुल निक्षेप २९ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो भने २६ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन ।