ग्लोबल आइएमई क्यापिटल लिमिटेड सम्मानित

0
Shares

आन्तरिक राजस्व विभागले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सम्मान गरेको छ।  आठौं राष्ट्रिय कर दिवस, २०७६ को उपलक्ष्यमा आन्तरिक राजस्व कार्यालय, ठमेलमा आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी आयकर दाखिला गरेवापत क्यापिटलले सम्मान पाएको हो।

आन्तरिक राजस्व कार्यालय, ठमेलले उत्कृष्ट करदाताको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाललाई सम्मानपत्र वितरण गरेको हो।