नयाँ मन्त्रीमण्डलमा को-को बने मन्त्री ? हेर्नुहोस यस्तो छ नयाँ मन्त्रीहरुको सूची

0
Shares

बुधबार निकै लामो छलफल र रस्साकस्सीबीच नेकपा सचिवालय बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा सामेल हुने नयाँ मन्त्रीरुको टुंगो लगाएका छन।

नयाँ मन्त्रीमण्डलमा ह्दयश त्रिपाठी, धनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ मन्त्री भएका छन् । उद्यमी मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् ।

पुनर्गठित मन्त्रीमण्डलमा डा. युवराज खतिवडा, ईश्वर पोखरेल, रामबहादुर थापा, प्रदिप ज्ञवाली, गिरिराजमणि पोखरेल, बर्षमान पुन, योगेश भट्टराई, शक्ति बस्नेत, गोकुल बास्कोटा, पद्माकुमारी अर्याल, जगत बहादुर सुनार, बिना मगर यसअघिकै मन्त्रालयमा कायम रहेका छन्।

बुधबार राति मन्त्री नियुक्त भएका मन्त्रीहरुलाई बिहीबार ११ बजे शपथ गारएर मन्त्रीमण्डल विस्तार गरिने कार्यक्रम छ ।

 

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लालबाबु पण्डितलाई हटाएर त्रिपाठीलाई ल्याएको छ। यस्तै कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालको ठाउँमा भुसाल आएका छन्। उद्योग तथा वाणिज्य मन्त्रालयको बागडोर मातृका यादवबट खोसेर लेखराज भट्टलाई दिइएको छ । गोकर्ण बिष्ट रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रामेश्वर राय यादवले स्थान पाएका छन् ।

बसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाइएको छ । यसैगरी सो मन्त्रालयमा रघुवीर महासेठ थिए। पार्वत गुरुङलाई महिला बालबालिका मन्त्री नियुक्त गरिएको छ । यसअघि सो मन्त्रायलको बागडोर थममाया थापाले सम्हाल्दै आएकी थिइन्।

भानुभक्त ढकाल स्वास्थ्य मन्त्रीको रुपमा उदाएका छन् भने उपप्रधान तथा स्वास्थ्य मन्त्रीको रुपमा रहेका उपेन्द यादवलाई उपप्रधान तथा कानूनमन्त्री बनाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा मोतीलाल दुगड, स्वास्थ्य राज्यमन्त्रीमा नवराज रावत र रामवीर मानन्धर सहरी विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।