एलआइसीएनको बोनस सेयर सूचिकृत


लाइफ यन्स्योरेन्स कर्पोरेसन नेपालले नाफावाट सेयरधनीलाइ वितरण गरको बोनस सेयर धितोपत्रको दोस्रो बजारमा कारोबार लागि सुचिकृत भएको छ ।
कम्पनीले ५१ लाख ५१ हजार ६१२ कित्ता बोनस सेयर बिहीबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कारोबारका लागि सुचिकरण गरेको हो ।

बोनस सेयर सुचिकरण भएपछिअब बिक्री गर्न चाहने लगानीकर्ता बिक्री गर्न सक्नेछन । नेप्सेमा कम्पनीको प्रति कित्ता सेयर ९ सय देखि एह हजार रुपैयाँको वरीपरि रहेको छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रति कित्ता १९ रुपैयाँले वढेर ९७४ रुपैयाँ कारोबार भैरहेको छ ।