असोज महिनामा मात्र ७६ अर्ब रेमिट्यान्स आयो

0
Shares

चालु आर्थिक वर्षको तेस्रो महिना असोजमा मात्र ७६ अर्ब ५१ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । दोस्रो महिना भदौमा विदेशमा गएका नेपालीले १ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ नेपाल पठाएकोमा असोजमा २३० अर्ब २४ करोड रुपैयाँ रेमिट्यान्स पठाएका छन ।

चालु आर्थिक वर्षको दोस्रो महिनाको तुलनामा तेस्रो महिनामा रेमिट्यान्स आप्रबाह वढेको भएपनि गत आर्थिक वर्षको असोजको तुल तुलनामा घटेको छ । असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आई २३० अर्ब २४ करोड रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले बढेर २४२ अर्ब १७ करोड रुपैयाँ थियो । 

चालु आवको पहिलो त्रैमासमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.६ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २४.५ प्रतिशतले बढेको थियो ।

चालु आवको असोजसम्मा खुद ट्रान्सफर प्राप्ति ३.७ प्रतिशतले कमी आई २६० अर्ब ७७ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३३.४ प्रतिशतले बढेको थियो ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या असोजसम्ममा ३.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३४.८ प्रतिशतले घटेको थियो ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ०.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.७ प्रतिशतले घटेको थियो ।