चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो छ हाइड्रोपावर कम्पनीहरुको प्रगति

0
Shares

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ जलविद्युत कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन्। जसमध्ये चिलिमे जलविद्युत कम्पनी खुद नाफा, जगेडा कोष र शेयरमूल्यका आधारमा शिर्षस्थानमा रहेको छ भने खानीखोला हाईड्रोपावर खुद नाफा र प्रतिशेयर आम्दानीमा पछाडि छ।

यस अवधिमा खुद नाफा आर्जन गर्ने हाईड्रोपावरमा सबैभन्दा अगाडि चिलिमे जलविद्युत कम्पनी छ। उसले २१ करोड ७० लाख ३१ हजार मुनाफा आर्जन गरेको छ। खानीखोला हाईड्रोपावर सबैभन्दा पुछारमा छ । यस कम्पनीले ३ करोड ३४ लाख ३० हजार नोक्सानी ब्यहोरेको छ।

जगेडा कोषको आधारमा ४ अर्ब ७५ करोड सञ्चित राखेको चिलिमे जलविद्युत कम्पनी अब्बल सावित हुँदा सबैभन्दा धेरै पूँजी रहेको अपर तामाकोशीको जगेडा कोष ६५ करोड ३५ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

चुक्ता पूँजीका आधारमा अपर तामाकोशीको सबैभन्दा धेरै १० अर्ब ५९ करोड रहेको छ भने दिब्यश्वरी हाईड्रोपावरको सबैभन्दा कम २६ करोड ४० लाख रहेको छ।

वर्षिक प्रतिशेयर आम्दानीका आधारमा सानिमा माईको सबैभन्दा धेरै ३५ रुपैयाँ रहेको छ भने खानीखोला हाईड्रोपावर सबैभन्दा धेरै २८ रुपैयाँ ६८ पैसा नोक्सानीमा रहेको छ।

शेयरमूल्यका आधारमा चिलिमे जलविद्युतको सबैभन्दा धेरै ३५३ रुपैयाँ रहेको छ भने दिब्यश्वरी हाईड्रोपावरको सबैभन्दा कम ४९ रुपैयाँ रहेको छ।

यस अवधिमा ९ वटा हाईड्रोपावरको शेयरमूल्य अंकित मूल्यभन्दा तल रहेको छ। केही समयअघि यस्तो संख्या १९ रहेको थियो।