स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश हात पार्न आजै शेयरधनी कायम हुनुपर्ने

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक बर्र्षको मुनाफाबाट घोषणा गरेको लाभांस सुरक्षित गर्ने आज आइतबार (मंसिर ८ गते) अन्तिम दिन हो ।

प्रस्तावित २२.५० प्रतिशत नगद लाभांश पारित गर्न बैंकले मंसिर २३ गते वार्षिक साधारण राखेको छ ।

जसका लागि मंसिर ९ गते सोमबारदेखि २३ गतेसम्म बुक क्लोज गर्दैछ । जस अनुसार आजसम्म कायम शेयरधनीले मात्र बैंकको प्रस्तावित लाभांश पाउनेछन् ।

हाल बैंकको आठ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ। यसअनुसार बैंकले एक अर्ब ८० करोड २५ लाख ७२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

साधारण सभामा लाभांशका अतिरिक्त बैंकको नियमावली संसोधन गर्ने, आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा छलफल, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका एजेन्डामा समेत छलफल हुनेछ ।

अहिले दोस्रो बजारमा बैंकको प्रतिशेयर कित्ता ५५० रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ ।