छिमेक लघुवित्तको चुक्ता पूँजी डेढ अर्ब पुग्ने, लाभांश पारित गर्न बोलायो साधारण सभा

0
Shares

छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको प्रस्तावित लाभांश पारित मंसिर ३० गतेको साधारण सभा आह्वान गरेको छ ।

साधारण सभा मकवानपुरको हेटौँडा स्थित होटल सामना प्रा.लि.को सभा हलमा बिहान १०ः३० बजे देखि सुरु हुनेछ।

उक्त साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित २७.११ प्रतिशत बोनस शेयर तथा बोनसमा लाग्ने कर समेत गरी हाल कायम चुक्ता पूँजीको १७.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ ।

यसैगरी अन्य लघुवित्तलाई प्राप्ती गर्ने कार्य अघि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्नेछ। आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल, लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण लगायतका अन्य एजेन्डा समेत रहेका छन् ।

साधारण सभा प्रयोजनको लागि लघुवित्तले मंसिर १६ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ। हाल १ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ३२ करोड रुपैयाँ बराबरको बोनस वितरण पश्चात पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।