युनाइटेड इन्स्योरेन्सको ५ लाख कित्ता शेयरको लिलामी खुल्यो

0
Shares

युनाइटेड इन्स्योरेन्सको ४ लाख ९९ हजार १९२.६० कित्ता शेयरको लिलामी खुलेको छ । इन्स्योरेन्सले १ लाख ५७ हजार ६४९.६० कित्ता संस्थापक र ३ लाख ४१ हजार ५४३ कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।

इन्स्योरेन्सले केही समय अघि निष्काशन गरेको २४० प्रतिशत हकप्रदमा बिक्री नभएको शेयर लिलामीमा ल्याएको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको युनाइटेड इन्स्योरेन्सको हकप्रद पूँजीकरण पश्चात चुक्ता पूँजी एक अर्ब २ करोड ८१ लाख रुपैयाँ पुग्नेछ भने संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व अनुपात ६०ः४० कायम हुनेछ ।