कृषि विकास बैंकले भन्यो, ‘३४ करोड घोटालामा ग्राहकको निक्षेप सुरक्षित’

0
Shares

कृषि विकास बैंकले स्वयम्भु शाखामा तत्कालिन कार्यरत कर्मचारी केदार गौतमबाट बैंकको आन्तरीक रेमिट खाताको दुरुपयोग गरी करिब ३४ करोड रकम हिनामिना गरेको देखिएपनि सर्वसाधारण निक्षेपमा भने सुरक्षित रहेको जनाएको छ ।

केदार गौतम लगायत अनियमिति कार्यमा संलग्न अन्य व्यक्तिलाई बैकिङ्ग कसुर अन्र्तगत अदालतमा मुद्दा चलिरहेको छ । अनियमिततामा संलग्न व्यक्तिहरु कैद भोगिरहेका छन । उक्त हिनामिना भएको रकममा बैंकका कुनै पनि निक्षेप ग्राहकहरुबाट राखीएको निक्षेपको दुरुपयोग तथा हिनामिना नभएको तथा निक्षेप ग्राहकहरुको निक्षेप पूर्ण सुरक्षीत बैंकले जनाएको छ ।

हालसालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानविन भै तत्कालिन बैकमा कार्यरत कर्मचारी केदार गौतम लगायत अनियमिततामा संलग्न विरुद्ध भ्रष्टाचार मुद्धा समेत दायर भएको छ ।