बैंकहरुमा निक्षेप आउन थाले पनि कर्जा विस्तार ठप्पै

0
Shares

गत महिनादेखि कर्जा विस्तारलाई नियन्त्रणमा राख्दै आएका बैंकहरुले मंसिर महिनामा निक्षेप थपिए पनि कर्जा विस्तार भने ठप्पै पारेका छन् ।

मंसिर महिनाको पहिलो सातामा बैंकिङ प्रणालीमा ९ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । सो अवधमिा बैंकहरुको कर्जा प्रवाह एक अर्ब पनि छैन् । तर, कार्तिकको अन्तिम साता बैंकहरुले ९ अर्ब निक्षेप उठाउँदा ८ अर्ब कर्जा लगानी गरेका थिए ।

बैंकहरुले चालु आर्थिक वर्षमा निक्षेप भन्दा धेरै कर्जा प्रबाह गरेका छन । त्यसको लागि गत आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च वढेपछि आएको निक्षेपका कारण लगानी वढाएका हुन ।

चालु आर्थिक वर्षको सुरु भएयता बैंकहरुले एक खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । पहिलो त्रैमासमा बैंकहरुले निक्षेप संकलन भन्दा धेरै कर्जा प्रबाह गरेका छन । तर, दोस्रो त्रैमास सुरु भएलगत्तै बैंकहरुको कर्जा प्रबाहमा नियन्त्रण गर्दै आएका छन् ।

चालु आर्थिक वर्षको मंसिर ८ गते सम्ममा वाणिज्य बैंकहरुमा कुल निक्षेप २९ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकहरुले कुल २६ खर्ब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन । कार्तिक ३० गतेसम्म बैंकिङ प्रणालीको कुल निक्षेप २९ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप रहेको थियो भने २६ खर्ब ४० अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन ।