प्रभु बैंकले फेरि दुई अर्बको ऋणपत्र बिक्री गर्ने, ब्याजदर बार्षिक दश प्रतिशत

0
Shares

अघिल्लो महिना एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको प्रभु बैंकले फेरि दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बुधबार बैंकले ‘प्रभु बैंक डिबेञ्चर–२०८४’ निष्काशन गर्नको लागि नविल ईन्भेष्टमेन्ट बैंकिङ्ग लि. लाई निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नियुक्ती गरेको छ ।

ऋणपत्र निष्काशन सम्बन्धी उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल ईन्भेष्टेमेण्ट बैंकिङ्गका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । 

बैंकले एक हजार रुपैयाँ अंकित दरको ८ वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको ‘प्रभु बैंक डिबेञ्चर–२०८४’मा वार्षिक १० प्रतिशत ब्याज उपलब्ध गराउनेछ ।

ऋणपत्रको ब्याज प्रत्येक तीन/तीन महिनामा भुक्तानी हुने बैंकले जनाएको छ ।

२ अर्ब बराबरको ऋणपत्र मध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गरिने भएको छ । साथै उक्त ऋणपित्रको ट्रष्टीको रुपमा पनि नबिल ईन्भेष्टमेण्ट बैंकिङ्गलाई नै नियुक्त गरिएको बैंकले जनाएको छ । नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात् ‘प्रभु बैंक डिबेञ्चर–२०८४’ सार्वजनिक निष्काशन गरिनेछ ।

यस अघि प्रभु बैंकले निष्काशन गरेको एक हजार रुपैयाँ अंकित दरको १० वर्षको भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने गरी निष्काशन गरेको १ अर्ब बराबरको ‘१०.२५% प्रभु बैंक डिबेञ्चर–२०८६’ ऋणपत्रले इक्रा नेपालबाट न्युन कर्जा जोखि इक्रा एल बिबि रेटिङ्ग प्राप्त गरेको थियो ।

उक्त ऋणपत्र माग गरेको भन्दा बढि मात्रमा खरिदका लागि आवेदन परे पछि विक्री अवधि समाप्त हुनु अगावै बन्द भएको थियो ।