स्वरोजगार लघुवित्तको बोनस हात पार्ने आजै अन्तिम मौका

0
Shares

स्वरोजगार लघुवित्तको बोनस हात पार्ने बिहीबार अन्तिम मौका रहेको छ। ल्घुवित्तले लाभांश र साधारण सभाका लागि मंसिर १५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्देछ।

यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउँछन्। शुक्रबार र नेप्सेमा शेयर कारोबार नहुने भएका कारण मंसिर १२ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीहरुले मात्र लघुवित्तको लाभांश प्राप्त गर्न सक्छन्।

लघुवित्तको शेयर मंसिर ११ गते बुधबार प्रतिकित्ता ६१८ रुपैयाँ मूल्यमा कारोबार भएको छ।

लघुवित्तले गत आवको मुनाफाबाट चुक्ता पूँजीको २६.७५ प्रतिशत बोनस तथा बोनस शेयरको कर प्रयोजनका लागि १.४१ प्रतिशत नगद गरि कूल २८।१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर २८ गते शनिबार कायस्थ ब्यान्क्वेटमा साढे १० बजे साधारण सभा बोलाएको छ।

हाल २६ करोड ९५ लाख १२ हजार २१३ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको २६.७५ प्रतिशत बोनस वितरण पश्चात ३४ करोड १६ लाख १२ हजार १२० रुपैयाँ पुग्नेछ।