लक्ष्मी बैंकले बोलायो साधारण सभा, मंसिर २३ गते बुक क्लोज

0
Shares

लक्ष्मी बैंकले आर्थिक बर्ष २०७५।७६ को मुनाफाबाट लगानीकर्तालाई वितरण गर्न प्रस्ताव गरेको लाभांश लगायतका प्रस्ताव पारित गर्न पुस ६ गते १९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

साथै बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर २३ गते शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । यसअनुसार मङ्सिर २२ गतेसम्म कायम बैंकका शेयरधनीले प्रस्तावित १५ प्रतिशत लाभांश पाउनेछन् ।

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा लग्दैछ । बैंकको हाल ८ अर्ब ९२ करोड ५ लाख चुक्तापूँजी छ । बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।