मध्य मेवा जलविद्युत आयोजनामा ६ बैंकले ७ अर्ब लगानी गर्ने, आगामी माघदेखि निमार्ण थालिने

0
Shares

मध्य मेवा जलविद्युत आयोजनामा हिमालयन बैंकको नेतृत्वमा आधा दर्जन बैंकहरुले ऋण लगानी गर्ने भएका छन ।

नेपाल इन्फास्ट्रक्चर बैंक, सानिमा बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक र नेपाल एसबीआई बैंकले गरी ६ अर्ब ९५ करोड रुपैयाँ लगानी गर्ने भएका हुन ।

आयोजनामा ऋण लगानी गर्ने सन्र्दभमा विहीबार सम्झौता भएको छ । सम्झौतामा कम्पनीका तर्फबाट भानु पोखरेल, हिमालयन बैँकका तर्फबाट शंकर जोशी, नेपाल इन्फ्रास्ट्रक्चर बैंकका तर्फबाट रबिन श्रेष्ठ, कुमारी बैंकका तर्फबाट भुषण तण्डुकार, नेपाल एसबिआई बैंकका विनोद ढुंगेल, एनसिसी बैंकका सुजन श्रेष्ठ र सानिमा बैंकका तर्फबाट सरोज गुरागाईंले हस्ताक्षर गरे ।

४९ मेगावाटको मध्य मेवा जलविद्युत आयोजनामा हिमालयनको १ अर्ब ५० करोड, नेपाल इनफ्रास्ट्रक्चरको १ अर्ब ५० करोड, कुमारीले १ अर्ब २५ करोड, नेपाल एसबीआईले १ अर्ब, एनसीसीले १ अर्ब तथा सानिमाले ६९ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएका छन ।

आयोजना निमांणका लागि कूल ९ अर्ब २६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। अपुग पूँजी स्वीपूँजीबाट जुटाइने भएको छ । आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (६ अर्ब ९४ करोड रुपैंया) र स्वपुँजी २५ प्रतिशत (२ अर्ब ३२ करोड रुपैंया) लगानी हुनेछ । आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्ट्याइएको छ ।

निमार्ण कम्पनीले २०८० असोज ६ गते बिजुली बाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । अर्धजलासययुक्त आयोजनाबाट वार्षिक २९ करोड युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली ताप्लेजुङको ढुङेसाँघुस्थित हाङपाङ सवस्टेशनमा जोडिने छ ।