सूर्योदय लघुवित्तले त्रिलोकलाई गाँभेपछि शतप्रतिशत हकप्रद बिक्री गर्ने , पुस ५ गते साधारण सभा

0
Shares

सूर्योदय लघुवित्त वित्तीय सस्थाले त्रिलोक लघुवित्त वित्तीय संस्थालाई गाँभेपछि चुक्ता पूँजी बढाउन शतप्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । संस्थाले मर्जर लगायतका प्रस्ताव पारित गर्न पुस ५ गते साधारण सभा बोलाएको छ।

प्रस्तावित ४४.४७७८ प्रतिशत बोनस वितरणपश्चात सूर्योदयले त्रिलोकलाई १ बराबर ०.९७ शेयर स्वाप अनुपातमा मर्ज गर्ने जनाएको छ । मर्जरपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारण सभामा लग्ने भएको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७९ लाख छ। ४४.४७ प्रतिशत बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी १५ करोड ५९ लाख पुग्नेछ।

त्यसैगरी, त्रिलोक लघुवित्तको हाल कायम चुक्ता पूँजी ६ करोड ९ लाख रहेको छ । १ः०.९७ शेयर स्वाप अनुपातमा मर्ज भएपश्चात एकीकृत लघुवित्तको चुक्ता पूँजी २१ करोड ५० लाख पुग्नेछ। सो पूँजीको शतप्रतिशत हकप्रद निष्कासन गरेपश्चात लघुवित्तको चुक्ता पूँजी ४३ करोड ८५ हजार पुग्नेछ।

नेपाल राष्ट्र बैंकबाट घ बर्गका दुवै संस्था गाभिए पछि बन्ने संस्थाको नाम सुर्योदय लघुवित्त वित्तीय सस्था लिमिटेड रहने र मुख्य कार्यालय गण्डकी प्रदेशको पोखरामा रहने सहमति भएको छ । मर्जपछि बन्ने संस्थाको अध्यक्षमा त्रिलोकबाट अध्यक्ष लेखनाथ खनिया, प्रमुख कार्यकारी अधिकृतमा सूर्योदयका मोक्ष प्रसाद पंगेनी र त्रिलोकका राजेन्द्र न्यनैपाने नायव कार्यकारी अधिकृत रहने छन् । 

२३ जिल्लामा कार्यक्षेत्र रहेको सूर्योदय र १० जिल्ला कार्य क्षेत्र रहेको त्रिलोक एक आपसमा गाभिएपछि ६३ वटा शाखामा ५४ हजार सदस्य, २ अर्व १३ करोड लगानीमा रहेको कर्जा, ७३ करोड बचत र १७ करोड शेयर पूँजी पुग्नेछ ।