नेपाल बंगलादेश बैंकले बोलायो एजिएम- मर्जर/प्राप्ति र लाभांश मुख्य प्रस्ताव

0
Shares

नेपाल बंगलादेश बैंकले गत आर्थिक बर्षको प्रस्तावित मुनाफा पारित गर्नुका साथै मर्जर तथा प्राप्तिमा जाने एजेण्डा सहित पुस ७ गते पच्चिसौं बार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभा राष्ट्रिय सभागृह काठमाण्डौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर २६ गते शेयर धनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । जस अनुसार बैंकको प्रस्तावित लाभांश पाउन र साधारण सभामा भाग लिन मंसिर २५ गतेसम्म शेयरधनी कायम हुनुपर्ने छ ।

साधारण सभाले बैंकले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर तथा ७ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ४९ करोड २७ लाख रुपैयाँ पुग्नेछ ।

साथै बैंकले अर्को कुनै बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने भएको छ ।