महिला सहयात्रा लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

0
Shares

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश घोषणा गरेको छ।

लघुवित्त सञ्चालक समितिले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी १२ करोड १० लाख रहेको छ। १० प्रतिशत बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ पुग्नेछ।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा लघुवित्तले ८ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो।