मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ्ग अभियान, टपअपमा २० प्रतिशत क्यास ब्याक

0
Shares

मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको छ ।

नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी नगद रहित कारोवारलाई प्रोत्साहन गर्नको लागि मोवाईल बैंकिङ्ग अभियान संचालनमा ल्याएको जनाएको छ ।

यस अभियानमा हाल सम्म बैंकको मोवाईल बैंकिङ्ग मार्फत कुनै पनि कारोवार नगरेका ग्राहकहरुले नेपाल टेलिकम, एनसेल र स्मार्टसेल मोबाइलमा टपअप गर्दा पहिलो पटक गरेको रकमको २० प्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् ।

यो अभियान २०७६ मंसिर १५ गते देखि लागु भई २०७६ फाल्गुन १४ गते सम्म संचालन हुने बैंकले जनाएको छ । हाल सम्म मुक्तिनाथबाट मोवाईल बैंकिङ्ग नलिएका वा लिएर पनि कारोवार नगरेका ग्राहकहरुले यो फाईदा लिन सक्नेछन् ।

यसबाट ग्राहकहरुले मोवाईल रिर्चाज कार्ड किन्ने झन्झट बाट मुक्ति पाउनुको साथै नगद लाभ पनि लिने बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।