नेरुडे लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

0
Shares

नेपाल राष्ट्र बैंकबाट नेरुडे लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ ।

कम्पनीले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

राष्ट्र बैंकबाट स्वीकृत भएसंगै लघुवित्तको आगामी साधारणसभाले अनुमोदन गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन ।

हाल लघुवित्तको चुक्ता पूँजी ३९ करोड ७६ लाख रुपैयाँ छ । बोनस वितरण पश्चात चुक्ता पूँजी ४५ करोड ७२ लाख रुपैयाँ पुग्नेछ।