मालपोत कार्यालय भक्तपुरका दुई कर्मचारी ४० हजार घूससहित पक्राउ

0
Shares

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका दुई जना कर्मचारीलाई घूससहित रंगेहात पक्राउ गरेको छ ।

अख्तियारको टोलिले उक्त कार्यालयमा कार्यरत नायब सुब्बा नारायणराज मिश्र र कार्यालय सहयोगी भाइकाजी गौतमलाई ४० हजारलाई घूससहित मंगलवार पक्राउ गरेको हो । मिश्रले कार्यालय सहयोगी भाइकाजी गौतम मार्फत सेवाग्राीसँग घुस रकम माग गरेका थिए ।

आयोगका अनुसार, सेवाग्राहीको मोही लगत कट्टी गर्नका लागि मिश्रले घूस माग गरेको भन्ने उजुरीको आधारमा अख्तियारको टोलिले ४० हजार घुस लिइसकेको अवस्थामा कार्यालय परिसर बाटै पक्राउ गरेको जनाएको छ ।