दुई दिन स्थिर रहेको सुनको मूल्य प्रतितोला ८०० ले बढ्यो

0
Shares

पछिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य तोलाको ८ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार २०० निर्धारण गरेको छ । आइतबार प्रतितोला ७१ हजार ६०० मा खरिदबिक्री भएको सुन सोमबार र मङ्गलबार ७१ हजार ४०० मा कारोवार भएको थियो ।

महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ९०० निर्धारण गरेको छ । आइतबार रु ७१ हजार ३०० मा खरिदबिक्री भएको तेजाबी सुन सोमबार र मङ्गलबार प्रतितोला ७१ हजार १०० मा खरिदबिक्री भएको थियो ।

स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार र मङ्गलबार प्रतितोला ८५० मा खरिदबिक्री भइरहेको चाँदीको मूल्य बुधबार प्रतितोला ८६५ पुगेको छ ।