सामुदायिक लघुवित्तको ३२ प्रतिशत बोनश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

सामुदायिक लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको ३२ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट ३२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १.६८ प्रतिशत नगद गरी ३३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्तले लभांस पारित गर्न पुस ११ साधारण सभा राखेको छ । साधारण सभा प्रयोजनको लागि मंसिर २० गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार मंसिर १९ गतेसम्ममा कायम लघुवित्तका शेयरधनीले लाभांश र साधारण सभामा सहभागि हुन पाउनेछन्।

चुक्ता पूँजी वृद्धि गर्न लघुवित्तले ३२ प्रतिशत बोनश बाडेर ५० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गर्दैछ ।

हाल लघुवित्तको चुक्ता पूँजी दश करोड रुपैयाँ छ । ३२ प्रतिशत बोनश वितरणपछि १३ करोड २० लाख पुग्नेछ । त्यसपश्चात ५० प्रतिशत हकप्रद बिक्री गर्दा कम्पनीको चुक्ता पूँजी करिब २० करोड पुग्नेछ ।

प्रकाशित मिति: १९ मंसिर २०७६, बिहीबार  ०७ : ४१ बजे