आईएमई लाइफको ६० करोडको आईपीओ आउने, दोस्रो साधारण सभा सम्पन्न

0
Shares

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारण सभा मंसिर १८ गते सम्पन्न भएको छ । कम्पनी ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशनको प्रक्रियामा रहेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७४/०७५ को वासलात, नाफा—नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय विवरण स्वीकृत गरेको छ ।

सभामा बोल्दै सभाका सभापति डा.रामहरि अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको बताए । उनले बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यून भन्दा न्यून आयस्रोत भएका जनमानसमा समेत पु¥याउन कम्पनी कटिबद्ध रहेको प्रतिबद्धता जाहेर गरे ।

कम्पनीले ६० करोड रुपैंयाको आइपिओ निष्काशन गर्ने प्रक्रियामा छ । कम्पनीले सिभिल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैंयाको दरमा ६० लाख कित्ता सेयर सार्वसाधारणमा जारी गर्नेछ । हाल आईएमई लाइफको चुक्ता पूँजी १ अर्व ४० करोड रुपैंया छ ।

सर्वसाधारणमा ६० करोड रुपैंयाको शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्व रुपैंया कायम हुनेछ । त्यसै गरी संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत कायम हुनेछ ।