सात हजार घुस लिने प्रहरी सहायक निरीक्षक रङेहात पक्राउ

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सि.आर.भि. केशलियामार्ग विराटनगर, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाललाई सात हजार घुस रकमसहित पक्राउ गरेको छ ।

आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले सेवाग्राहीबाट ७ हजार घुस लिइसकेको अवस्थामा आयोगले पक्राउ गरेको हो ।

दाहालले सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिई विभिन्न खाद्य सामग्रीहरु ओसारपोसारमा सहजिकरण गरिदिने प्रयोजनको लागि घुस र रिसवत रकम माग गरेको सूचनाको आधारमा टोलीले पक्राउ गरेको हो । 

दाहाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।